चासाेक तङ्नामकालागी गायक सुगम पाेख्ररेल र गायिका सुनिता थेगेम इजरायल अाउदै

43

हाम्राे पेज तेलअभिव : किरात याक्थुङ चुम्लुङ,इजरायलले बिगतका बर्षहरू जस्तै यस बर्षकाे चासाेक तङ्नाम भव्य रूपमा मनाउने तैयारी शुरू गरेकाे छ । लिम्बु जातीहरूकाे बिषेश पर्वकाे रूपमा रहेकाे चासाेक तङ्नाममा यस बर्ष किरात याक्थुङ चुम्लुङ,इजरायलले प्रदेश नं १ का ९ अाेटा जिल्लामा रहेकाे लिम्बुवानका असहाय,अपाँगता भएका र जेहेन्दार बालबालिकाहरूलार्इ प्रदान गरिरहेकाे छात्रवृत्तीका लागी  गायक सुगम पाेख्ररेल र गायिका सुनिता थेगेमकाे साँगितिक प्रस्तुतीमा अार्थिक संकलन गरि “कियाचु इजरायल कल्याणकारी काेष” अभिवबृद्धी गरिने बताइएकाे छ ।

विशेषगरी लिम्बू, राई, सुनुवार र याक्खा जातिले मङ्सिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ । प्रत्येक वर्ष मङ्सर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दूहरुले धान्य पूर्णिमा, किराँत याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्बूले चासोक र राईले उधौली पर्वका रुपमा मनाउने गर्छन् ।

यहि डिसेम्बर १३ तारिख शुक्रबार तेलअभिवकाे हा हागाना मार्गमा रहेकाे एक हलमा हुने  चासाेक तङ्नाम सांगितीक साझ २०७६ मा लेवन्स्की पार्कबाट हल सम्म निशुल्क बसकाे ब्यवस्था गरेकाे छ । साझ ६ बजेबाट शुरूहुने कार्यक्रममा राष्ट्रिय कलाकारहरूकाे साथमा स्थानिय कलाकार सहित किरात याक्थुङ चुम्लुङ र्इजरायलले बिभिन्न कार्यक्रमहरू प्रस्तुत गर्ने अायाेजकले बताएकाे छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम