एकाएक ओलीसँग प्रचण्ड किन झस्किए ?

31

काठमाडौं। पछिल्लो समय नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग रुष्ट बनेका छन्। पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन गर्न ओली तयार नभएपछि प्रचण्ड रुष्ट बनेका छन्। प्रचण्डले आफूलाई कार्यकारी अध्यक्षको अधिकार दिनुपर्ने अडान राख्दा त्यसो गर्न ओली अनिच्छुक देखिएपछि प्रचण्ड बिच्किएका छन्।

आफू अप्ठेरोमा पर्दा सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओलीको बानीका कारण प्रचण्ड आजित भएको प्रचण्ड निकट नेताहरुले बताएका छन्। ओली र प्रचण्डबीच खटपट भएपनि छलफलबाटै समस्याको समाधान निकल्नुपर्नेमा भने दुवै नेता सहमत छन्। त्यही भएर ओली र प्रचण्डबीच सोमबार दुईपटक छलफल भएको थियो।

ओलीले दाहालले प्रतिपक्षी दल कांग्रेसको चियापान कार्यक्रमदेखिका सार्वजनिक सम्बोधनमा व्यक्त असन्तुष्टि आफ्ना इच्छा पूरा नहँुदा गरेको निराशाको अभिव्यक्तिका रुपमा अथ्र्याएका थिए।
प्रचण्डले कांग्रेसको चियापानमा पुगेर दुई तिहाइ ठूलो कुरा नभएको र कांग्रेससँग पनि सहकार्य गरेर अगाडि जान सक्नेदेखि पार्टी्िभत्र ग्यास्ट्रिक र अल्सरजस्ता रोग लाग्न थालेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

प्रचण्डलाई संसदमा अनुमोदनका क्रममा रहेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रस्ताव कुनै न कुनै रुपमा अहिले अमेरिकी रणनीति अन्र्तगतको ‘इन्डो प्यासिफिक’ सँग नै जोडिएको भान परिरहेको छ। त्यसका लागि उनी यसका केही सर्तहरूका विषयमा प्रश्न उठेको र त्यसलाई पार्टीमा छलफल गरेर प्रष्ट पारेपछि मात्र संसद्मा अनुमोदनको क्रममा लैजानुपर्ने पक्षमा देखिएका छन्।

तर ओली यो विषय इन्डो प्यासिफिकसँग नजोडिने भन्दै यसलाई संसद्को बजेट अधिवेशनमा पारित गर्नुपर्नेमा त्यसबेला सभामुख रहेका कृष्णवहादुर महराकै अनिच्छाका कारण रोकिएको आरोप लगाइरहेका छन्। यसले पनि ओली(दाहालमा थप अविश्वास उत्पन्न गराएको छ। प्रधानमन्त्री ओलीको भदौ ५ को सिंगापुर भ्रमणअघि नेता वामदेव गौतमलाई उपाध्यक्ष, झलनाथ खनालको वरिष्ठतासँगै

दाहाललाई पार्टी कामको जिम्मा दिने समझदारी नेताहरूबीच भएको दाहाल पक्षका नेताहरू बताउँछन्। सोही समझदारीअनुसार सचिवालयले खनाल र गौतमका विषयमा निर्णय लिए पनि दाहाललाई ओली नहुँदा एउटा बैठकका लागि मात्र पार्टीको अध्यक्षता गर्न दिएको र त्यसपछि फेरि प्रधानमन्त्रीले अधिकार दिन अनिच्छा देखाएकोमा दाहाल ओलीसँग झस्किएका छन्।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम