पाँचखाल महोत्सवमा दर्शकको ओइरो

81

पाँचखाल महोत्सव निकै भव्यताका साथ सञ्चालन भइरहेको छ । महोत्सवमा शनिबार दर्शकको ओइरो लागेको छ । पाँचखालको कृषि उत्पादनलाई प्रवद्र्धन गर्न आयोजना गरिएको महोत्सव कात्तिक २९ गतेदेखि सुरु भएको हो । महोत्सवमा विभिन्न जातजातीका झाँकी, संस्कृति र रितिरिवाज समेत प्रदर्शन भइरहेका छन् ।

स्थानीय कलाकार तथा चर्चित कलाकारको प्रस्तुतिले पनि महोत्सवको रौनकता बढाइरहेको पुफाका अध्यक्ष मिलन श्रेष्ठले बताए । महोत्सवको आयोजना पाँचखाल युनाइटेड फुटबल एसोसियसनले गरेको हो । स्थानीय उत्पादनको प्रवद्र्धन तथा आन्तरिक पर्यटनको विकासका लागि पनि महोत्सव आयोजना गरिएको अतिथि सत्कार तथा जलपान उपसमितिका ज्ञानु दनुवारले बताए
सुदिप सापकोटा, पाँचखाल, काभ्रेबाट

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम