नेपाल तामाङ घेदुङ, इजरायलले कविता प्रतियाेगिता गर्दे प्रथम हुनेलार्इ १५ हजार रूपैया

64

हाम्राे पेज तेलअभिव :  नेपाल तामाङ घेदुङ, इजरायलको पाँचौ बार्षिकोत्सवको अबसर पारेर प्रथम अन्तराष्ट्रिय तामाङ ह्वाइखा (कविता) प्रतियोगिताकाे अायाेजना गरेकाे छ ।  मातृभाषाको बिकास र उत्थानकालागी अायाेजित  तामाङ ह्वाइखा (कविता) प्रतियोगितामा विश्व भरि रहेका तामाङ भाषी साहित्यकारहरूले सहभागिता जनाउन सक्ने जारी सुचना मार्फत जानकारी दिएकाे छ । नवेम्बर १५ तारिख शुक्रबार साझँ हुने एक कार्यक्रमबाट अायाेजक सस्था नेपाल तामाङ घेदुङ, इजरायलले तामाङ ह्वाइखा (कविता) प्रतियोगितामा उत्कृष्ठ हुने ४ स्थानका घाेषणा गर्ने छ ।

प्रथम हुनेलार्इ १५ हजार रूपैयाकाे साथमा प्रमाण पत्र प्रदान गरिने छ भने द्धितीय,तृतिय र सान्तवना स्थान प्राप्त गर्ने सहभागिहरूलार्इ क्रमस १० हजार,५ हजार अनि १५ सय रूपैया प्रदान गरिने अायाेजकले बताएकाे छ । प्रतियाेगिातमा सहभागी गराउने कबिता १ सय शब्द भिर रहेर श्रृजना गर्नु पर्ने छ भने श्रृजित कबिता ह्वाइखा ( कविता ) नेपाल तामाङ घेदुङ इजरायलको इमेलमा [email protected] अथवा इन्बक्समा वा संयोजक समितिका सदस्यहरु नानीमाया योन्जन तामाङ , sundar yonjan Tamang, b b lama tamang को फेसबुक इन्बक्समा पठाउन सकिने जनाएकाे छ  । कविताकाे शिर्षक  “लोप्खाङ “(बिद्यालय) रहेको छ ।

नेपाल तामाङ घेदुङ, इजरायल मार्फत सार्वजनिक गरिएकाे सुचना

ल्हास्सो फ्याफुल्ला मोक्कोदन 🙏

हाम्रो गौरवमय संस्था नेपाल तामाङ घेदुङ, इजरायलको पाँचौ बार्षिकोत्सवको शुभ अवसरमा शिक्षालाई प्राथमिकता दिनुुपर्छ भन्ने उद्देश्य र हाम्रो मातृभाषाको बिकास र उत्थानका निमित आयोजित प्रथम अन्तर्राष्ट्रिय तामाङ ह्वाइखा (कविता) प्रतियोगिता कार्यक्रम आगामी आउने १५ नोभेम्बर (२०१९) शुक्रबार साँझ आयोजना गर्न गइरहेको समस्त तामाङ ज्योज्यो आले नाना आङाहरुमा सहर्ष जानकारी गर्दछौं ।

उक्त तामाङ ह्वाइखा प्रतियोगितामा बिश्व भरी छरिएर रहनुभएका सम्पुर्ण तामाङ भाषी साहित्यकार एवम साहित्यप्रेमी तामाङ ज्योज्यो-आले नाना – आङाहरुले भाग लिन सक्नुहुनेछ साथै भाग लिनु हुन पनि आयोजक संस्था नेपाल तामाङ घेदुङ, इजरायल परिवार हार्दिक विनम्र अनुरोध गर्दछौ ।

तामाङ ह्वाइखा (कविता) प्रतियोगिता (२०१९) मा भाग लिनु भइ प्रथम ,द्दितिया , तृतीय , चौथो , बिजेता बन्ने सुवर्ण अवसर नगुमाउनु हुन् सबैमा आग्रह गर्दछौ ।

तामाङ भाषामा साहित्य बिधा भित्र पर्ने कवितालाई छनोट गरिएको छ ।

शीर्षक “लोप्खाङ “(बिद्यालय) रहेको छ ।

नियमहरु:-

१) कविता अधिकतम १०० शब्द भित्र हुनु पर्नेछ ।

२) प्रतियोगितामा संसार भरिका तामाङ महानुभावहरुले भाग लिन सक्नु हुनेछ ।

३) आफ्नो ह्वाइखा (कविता)संगै पासपोर्ट साइजको एक प्रति फोटो सहित स्थाइ र अस्थाई ठेगाना र सम्पर्क नम्बर पठाउनु पर्नेछ ।

४) ह्वाइखा ( कविता ) नेपाल तामाङ घेदुङ इजरायलको इमेलमा [email protected] अथवा इन्बक्समा वा संयोजक समितिका सदस्यहरु नानीमाया योन्जन तामाङ , sundar yonjan Tamang, b b lama tamang को फेसबुक इन्बक्समा पठाउन सक्नु हुनेछ ।

५) प्रतियोगितामा भाग लिन इच्छुक महानुभावहरुले आ-आफ्नो ह्वाइखा (कविता) यहि अक्टोबर (२०१९) १८ तारीख शनिबार बिहान ७ बजे देखि नोभेम्बर २:०० तारिख इजरायलको समय बेलुकी १२:०० बजेसम्ममा प्राप्त भएको ह्वाइखाहरुलाई मात्र समावेश गराइनेछ ।

६) प्राप्त ह्वाइखा (कविता)हरु क्रमबद्ध रुपमा संकलन गरिनेछ ।

७) प्राप्त सबै ह्वाइखा (कविता) हरु संकलन गरि निर्णयको निम्ति सम्बन्धित बिधामा अनुभवी दखल ब्यक्तित्वको तीन सदस्य निर्णायक मण्डल समक्ष पठाइनेछ ।

८) निर्णायक मण्डलले निर्णय गरेको निर्णय नै अन्तिम निर्णय मान्नु पर्नेछ ।

# तामाङ भाषी साहित्य प्रेमी महानुभावहरुलाई सुवर्ण अवसर ।

१) प्रथम हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया = १५,००० ( पन्ध्र हजार )नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।

२) द्धितीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया १०,००० (दस हजार )नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।

३) तृतीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया ५,०००(पाँच हजार ) नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।

४) चौथो हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया १५००(पन्ध्र सय)सान्त्वना पुरस्कार र प्रमाण-पत्रबाट सम्मान गरिनेछ ।

५) सम्पूर्ण सहभागी प्रतियोगिताहरु सबैलाई प्रशंसा-पत्रबाट सम्मान गरिनेछ ।

# बिजेताहरुको ह्वाइखा (कविता) लाई कार्यक्रममा वाचन गरी सुनाइने छ । साथै सहभागी सम्पूर्ण प्रतियोगीहरुको रचनालाई तामाङ अनलाइन मार्फत नाम थर र ठेगना सहित प्रकाशन गराउनेछौ ।

बिजेता घोषणा नेपाल तामाङ घेदुङ, इजरायलको पाचौं बार्षिकोत्सव कार्यक्रम २०१९ नोभेम्बर १५ तारीख शुक्रबार साँझ घोषणा हुनेछ । थुजेछे ।

नानीमाया योन्जन तामाङ
संयोजक
प्रथम अन्तर्राष्ट्रिय तामाङ ह्वाइखा प्रतियोगिता (२०१९)
नेपाल तामाङ घेदुङ, इजरायल ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम