चर्चित कलाकारहरूकाे साथमा “दशै उत्सव २०७६”साेलुखुम्बुकाे सदरमुकाम सल्लेरीमा

52

हाम्राे पेज : चर्चित कलाकारहरू  बिपिन कार्की,केकी अधिकारी,महादेव त्रिपाठी लगाएत नेपाल अार्इडलमा सहभागी उल्सन श्रेष्ठ,सन्ध्या जाेशी,रक सागाँ,गुल्मेली ग्याइज,काे साथमा साेलुदुधकुण्ड युथ क्लवले साेलुखुम्बुकाे एक मात्र नगरपालीका दुधकुण्ड नगरपालिकाकाे सदरमुकाम सल्लेरीमा “दशै उत्सव २०७६” काे अायाेजना गरेकाे छ ।

बिजया दशमी,दिपावली, तथा छड पर्वकाे अवसरपारी अायाेजना गरेकाे “दशै उत्सव २०७६” मा हास्य कलाकार लगाएत कला र साँगितीक क्षेत्रका उदयमान हस्तीहरूकाे बिषेश प्रस्तुती रहने अायाेजकले बताएकाे छ । २०७५ सालमा स्थापना भएकाे साेलुदुधकुण्ड युथ कल्वले युवा एकतालार्इ जाेड दिदै ” युवाकाे सकृयताबाट समाजकाे विकास,समाजकाे विकासबाट राष्ट्रकाे उत्थान”लार्इ मुल मन्त्र मानेर युवाहरूलार्इ खेलकुद लगाएत सामाजिक सेवामा सक्रिय बनाउदै समाजकाे विकासमा उल्लेखनिय याेगदान दिन जिल्लाका बिभिन्न भागबाट सदरमुकाम अार्इ पुगेका युवाहरूलार्इ समेट्दै स्थापना गरिएकाे साेलुदुधकुण्ड युथ कल्वले दशै उत्सव संगै अाफ्नाे प्रथम बार्षिक उत्सव पनि मनाउने तयारी गरेकाे छ । कार्यक्रम यहि असाेज ११ गते शनिबार बिहान १० बजेबाट जिल्ला समन्वय समितीकाे अागनमा हुने छ । 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम