इजरायल गाेर्खा एसाेसिएसनकाे “अाकांक्षा” नाम पुस्तक तेलअभिवमा बिमाेचन 

27

हाम्राे पेज तेलअभिव :इजरायल गाेर्खा एसाेसिएसनले पहिलाे पल्ट गत शुक्रबार तेलअभिवमा अाकांक्षा नाम पुस्तक बिमाेचन  गरेकाे छ ।

सन २०१७ सालमा बैदेशिक राेजगारिका लागी भारतका बिभिन्न स्थानबाट र्इजरायल अार्इपुगेका नेपाली भाषीहरूकाे साझा सस्था इजरायल गाेर्खा एसाेसिएसनले पासाङ शेर्पा(ठाक्ताेक) काे प्रधान सम्पादनमा प्रकाशित पुस्तक अाकांक्षामा इजरायल गाेर्खा एसाेसिएसनले स्थापना काल देखि गर्देअाएकाे सामाजिक सहित जनचेतना मुलक कार्यक्रम,  राेजगारिका अनुभव,कथा,कबिता, निवन्ध,मुक्तक राजनैतिक,धार्मिक लगाएतका हरेक  बिषय बस्तुलार्इ समेटीएकाे इजरायल गाेर्खा एसाेसिएसनका अध्यक्ष किशाेर चाैहानले बताउनु भयाे ।

साहित्यकार निशा अर्यालकाे प्रमुख अातिथ्यमा सम्पन्न  पुस्तक बिमाेचन कार्यक्रममा अाकांक्षालार्इ दर्शकमाझ सम्म पुराउनका लागी अहाेरात्र सक्रिय सदस्हरूलार्इ धन्यवाद ज्ञापन सँगै केहि ब्यक्तीहरूलार्इ सम्मान गरिएकाे थियाे । सम्मानित हुनेमा सम्पादक पासाङ शेर्पा(ठाक्ताेक) सह सम्पादक बिध्या थापा मंगर सामाजिक कार्य क्षेत्रमा अनिल सिं राजपुत, संगीत क्षेत्रमा गीतकार संगीतकार प्रयाग लामा रहनु भएकाे छ ।

 

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम