“बलिहाङ कप २०१९”काे चाैथाे सस्करण अक्टाेबर ११ तारिख,टिम दर्ताका लागी अक्टाेबर ४ तारिख सम्म

29

हाम्राे पेज तेलअभिव : “एकता र मित्रताकाे लागी फुटसल” भन्ने नारालार्इ लिएर किरात याक्थुङ चुम्लुङ इजरायलले चाैथाे “बलिहाङ कप २०१९” काे अायाेजना गरेकाे छ । बैदेशिक राेजगारिका लागी इजरायललार्इ अाधार बनाइ छिमेकी राष्ट्र भारतकाे दार्जिलिङ र नेपालका बिभिन्न जिल्लाबाट इजरायलमा कार्यरत नेपाली खेलाडीहरू बिचकाे एकता र मित्रतालार्इ अझ सुदृढ बनाउने उद्धेश्य सहित सन २०१६ मा शुरूवात भएकाे “बलिहाङ कप २०१९”काे चाैथाे सस्करण बलिहाङ तङ्नाम तथा शुभ दिपावलीकाे अबसर पारेर अक्टाेबर ११ तारिख शुक्रबार साझ ५ बजेबाट तेलअभिकाे लेवन्स्की पार्कमा रहेकाे फुटसल ग्राउण्डमा सन्चालन गर्ने अायाेजक किरात याक्थुङ चुम्लुङ र्इजरायलले गत शुक्रबार पत्रकार सम्मेलन गर्दे जानकारी दिएकाे छ ।

टिम दर्ताका लागी अक्टाेबर ४ तारिख सम्म समय सिमा ताेकिएकाे छ भने अक्टाेबरकाे ७ तारिख भित्र खेलाडीहरूकाे नामावली अायाेजक  किरात याक्थुङ चुम्लुङ इजरायललार्इ बुझार्इ सक्नु पर्ने बतार्इएकाे छ ।  हाल सम्म “बलिहाङ कप २०१९” मा सहभागीता जनाउनका लागी ६ वटा फुटवल टिमले दर्ता गरार्इ सकेकाे बतार्इएकाे छ । जसमा

KYC FC
Raising star FC A
Raising star FC B
Kayapalat FC
Makuri fct
Darjiling United FC रहेकाे छ । प्रथम हुने टिमलार्इ  ३५ सय सेकलकाे साथमा ट्रफी,मेडल र प्रमाण पत्र साथै दाेश्रेा हुनेलार्इ १७ सय सेकल ट्रफी,प्रमाण पत्र मेडल राखिएकाे छ भने टिम दर्ताका लागी  ७ सय सेकल सहित १ सय सेकल डिपाेजिट राख्न पर्ने उल्लेख गरेकाे छ ।

थप जानकारीका लागी हेर्नुहाेला 

 

 

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम