राजदुत डा.अञ्जान शाक्यलार्इ तेलअभिवमा नेपाल अादिवासी जनजाती महांसंघले बुझायाे ज्ञापन पत्र,

28

हाम्राे पेज तेलअभिव :  नेपाल अादिवासी जनजाती महासंघ,इजरायलले  नेपाली राजदुताबास इजरायलका राजदुत डा.अञ्जान शाक्य मार्फत नेपाल सरकारलार्इ “अारक्षण बचाअाै” अान्दाेलनलार्इ चाडै सम्बाेधन गराेस भन्दै एक ज्ञापन पत्र बुझाएकाे छ ।नेपाल अादिवासी जनजाती महासंघ,इजरायलकाे अाग्रहलार्इ स्विकार गर्दे नेपाली राजदुताबास इजरायलका राजदुत अञ्जान शाक्यले  हिजाे शुक्रबार अपरान्ह नेपाल अादिवासी जनजाती महासंघ,इजरायलकाे सम्पर्क कार्यालय तेलअभिवमा पुगेर ज्ञापन पत्र बुझेकाे महासंघ,इजरायलका अध्यक्ष तारा काउचा मगरले जानकारी दिनु भयेा । ज्ञापन पत्रमा संघिय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे संबिधानमा ब्यवस्था भएकाे समानुपातिक समावेशीतालार्इ अाधार मानेर राज्यकाे हरेक अंगहरूमा अादिवासी जनजाती,मधेसी,दलित,महिला,मुस्लिम, र अपांगता भएकाहरूलार्इ जनसंख्याकाे अनुपातमा अारक्षण काेटा निर्धारण गरि उनीहरू भित्रबाट नै प्रतिस्पर्धा गरार्इ सबैलार्इ देशकाे सेवा गर्ने माैका दिनु पर्ने उल्लेख  गरिएकाे छ ।

त्यसै गरि ३५.७ प्रतिशत अादिवासी जनजातीहरूकाे माैलिक राष्ट्रिय पर्वहरूमा पर्ने बिदाहरूलार्इ कटाैती गर्ने निर्णय फिर्ता लिन बिज्ञप्ती मार्फत नेपाल सरकारलार्इ अाग्रह गरेकाे छ ।

बिज्ञप्तीमा नेपाल राजदुताबास र्इजरायललार्इ बैदेशिक राेजगारिका लागी इजरायलमा कार्यरत अादिवासी जनजातीहरूले मनाउदै अाएकाे चाड पर्वहरूकाे बारेमा पनि ध्यानार्कषण गरिएकाे नेपालअादिवासी जनजाती महासंघ,इजरायलका अध्यक्ष तारा काउचा मगरले बताउनु भयाे । अध्यक्ष मगरका अनुसार शुक्रबार अपरान्ह ४ बजेबाट ६ बजे सम्म चलेकाे छलफलमा र्इजरायल राेजगारि समस्या र नेपाली राजदुताबास र्इजरायलकाे पहलका बारेमा राजदुत डा.अञ्जान शाक्यले  जानकारी दिनुभएकाे थियाे  । 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम