पहिले खोक्ने अनि भुक्ने चलन छ

13

‘टिकटक’मा साढे ३ करोड ‘भ्युअर्स’ नाँघ्दै गर्दा अचानक भारत केरलाबाट फोन आयो । एकछिन त अकमक्क परिन्, एलिना बास्कोटा । ‘चेन्नाई–३’ को ‘आइटम सङ’का लागि आएको फोन कलपछि उनी एक्लै केरला पुगिन् । ‘बाफरे † त्यहा“को भव्य सेट देखेर चकित भए“,’ ठूला आ“खाका पलक उघार्दै एलिनाले सम्झिन थालिन्, ‘त्यस्तो सेटअघिल्तिर गौरवान्वित महसुस गरिरहेकी थिए“ ।’
१८ वर्षकी हु“दै व्यवसाय थालेकी एलिनाको सुरुवाती ‘बिजनेस’ थियो, सीसीटीभी क्यामरा जडान । त्यसमा केही समय बित्यो । अर्को ‘सेक्टर’ रोजिन् । त्यसो त, मोडलिङमा ‘इन्टे«स्ट’ भए पनि उनी त्यसैमा सीमित रहन चाहँदिनन् । समाज सेवा प्रमुख ‘पाटो’ बनाएकी एलिनाले केही वर्षअघि नौ जना बच्चा पनि पालिन् । तर, सरकारले साथ नदिएको उनको गुनासो छ । ‘अहिले छैनन्, सबै बच्चा अभिभावकलाई नै जिम्मा लगाइदिएकी छु,’ आफूलाई ‘क्वीन एबीके’ भन्न रुचाउने एलिनाले सुनाइन्, ‘भविष्यमा दरो रूपमा उत्रेर फेरि बच्चा पाल्ने योजना बनाएकी छु ।’
‘कुकुरको बच्चा बेचेर मान्छेको बच्चा पाल्ने’ एलिनाको ध्येय हो । ललितपुर धापाखेलस्थित ‘बीके डग ब्रिडर’मा ४४ वटा कुकुर पालेकी छन्, उनले । जहा“ ३ लाख मूल्यसम्मका कुकुर छन् । भारत कोलकातामा जन्मिए पनि पुख्र्यौली घर गोरखा भएकी
२५ वर्षीया एलिनास“ग राजधानीका लागि युमाश शेर्पाले गरेको ‘सटकट’ कुराकानी :

केरलाको अनुभव कस्तो रह्यो ?
साउथ इन्डियन फिल्मका लागि पहिलोपटक नेपाली कलाकारलाई ‘अफर’ आएको हो । त्यहा“ ‘स्टार भ्यालु’ छुट्टै रहेछ । ‘रेस्पोन्स’ नै हाम्रा लागि सबैभन्दा ठूलो इज्जत हो ।

पारिश्रमिक कति आयो ?
डेढ लाख भारतीय रुपैया“ ।

नेपाली फिल्मबाट ‘अफर’ आएन ?
खेलेकै छु । पा“चवटा खेलेपछि मन लागेन । अनावश्यक ‘डिमान्ड’ले यो क्षेत्रमा
टिक्दै सकिएन ।

 

पहिलो फिल्म कुन थियो ?
‘आई एम क्रेजी’ । तर, त्यो फिल्म रिलिज भएन । त्यतिकै रह्यो ।

हालैको कुनै फिल्म छ ?
‘अदालत’ हो । नया“मा पनि ‘अफर’ आइरहेका छन् । तर, त्यही हो, अनावश्यक ‘डिमान्ड’ बढी हुन्छ । त्यसमा सम्झौता गर्न सकिन्न ।

 

कस्तो ‘डिमान्ड’ ?
हामीले यत्रो फिल्म खेलायौं । त्यसबापत केही गरिदिनुप¥यो भन्छन् । उनीहरूको ध्येय शारीरिक शोषण नै हुन्छ ।
अब के गर्ने त ?
साउथ इन्डियन फिल्मको ‘अफर’ आइरहेको छ । टिभीमा पनि कार्यक्रम प्रस्तोता छु ।

 

कस्तो कार्यक्रम ?
मेघा टिभीमा एक वर्षदेखि ‘द सान्नानी’ भन्ने कार्यक्रम चलाइरहेकी छु । ‘क्यारिकेचर’ पनि गर्छु ।

समाजसेवातिर बढी ध्यान रहेछ, होइन ?
हो, म चुपचाप काम गर्न रुचाउ“छु । हामीकहा“ पहिले खोक्ने, त्यसपछि भुक्ने चलन रहेछ । त्यो मलाई थाहा थिएन । तर, त्यस्तो हुनुपर्दो रहेछ ।

समाजसेवाबाट ‘मेवा’ पनि पाइन्छ ?
एनजीओमा लागेर अभिनय, मोडलिङ र सीसीटीभी क्यामरा व्यापारबाट आम्दानी भएको १९ लाख डुब्यो ।

कस्ता बच्चालाई आश्रय दिने सोच छ ?
विधुर र विधुवाका बच्चालाई आश्रय दिएकी थिए“ । भविष्यमा पनि त्यही
योजना छ ।

मेकअप : जमुना श्रेष्ठ

तपाईं पनि मोडलिङ क्षेत्रमा इच्छुक हुनुहुन्छ ? यस क्षेत्रमा ‘करिअर’को ढोका खोल्न चाहनुहुन्छ ? आउनुहोस्, हामी साथ दिनेछौं ।
सम्पर्क : [email protected]/राजधानी दैनिकबाट

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम