इजरायलमा “तिज महाेत्सव २०७६” हुदै बिहिबार साझ कलाकारहरू इजरायल अाइपुग्ने

15

 

हाम्राे पेज तेलअभिव : चर्चित सञ्चारकर्मी रवि लामिछाने फाउण्डेशन द्वारा बिकट कर्णालीकाे रासकाेटमा निर्माण गर्दे गरेकाे  डिजिटल अस्पतालकाे सहयाेगार्थ झापाली समाज इजरायल लगाएत करिव १८ अाेटा सस्थाहरूकाे सक्रियतामा “तीज महाेत्सव २०७६” अायाेजना गरेकाे छ ।

यहि शुक्रबार तेलअभिवकाे तेलअभिव युर्निभर्सिटीमा हुने कार्यक्रमका लागी चर्चीत गायकहरू प्रमाेद खरेल, हिमाल सागर, गायक तथा संगितकार चेतन साप्काेटा चर्चित गायिका टिका प्रसार्इ र चर्चित गित गलबन्दीकी गायिका शान्ती श्री परियारकाे प्रस्तुती रहने बताइएकाे छ ।  इजरायलमा स्थापित करिव १८ वटा संघसस्थाहरूकाे  सहकार्यमा अायाेजना गरिएकाे “तीज महाेत्सव २०७६”बाट संकलित रकम मध्य कार्यक्रम ब्यवस्थापन खर्च कटार्इ अाउने रकम रासकाेट सामुदायिक डिजिटल अस्पताललार्इ हस्ताण्तरण गरिने कार्यक्रम रहेकाे झापाली समाज इजरायलका अध्यक्ष सन्दिप भण्डारीले जानकारी दिनु भयाे ।

शुक्रबार हुने  “तीज महाेत्सव २०७६”का लागी कलाकारहरू बिहिबार बेलुकी साढे ८ बजे तेलअभिवकाे बेनगुइराेन बिमान स्थलमा अाेर्लने छ भने शुक्रबार साझ ६ बजेबाट कार्यक्रम स्थलमा जानकाे लागी लेवन्स्की पार्क तेलअभिवबाट बस सञ्चालन हुने अायाेजकले बताएकाे छ। कार्यक्रमलार्इ भव्य रूपमा सम्पन्न गर्नका लागी २ चरणमा कार्यक्रम सन्चालन गरिने छ । साझ साढे ७ बजेबाट १० बजे सम्म दरभाेज संगसगै राती ९ बजेबाट कार्यक्रम स्थलमा प्रवेश लगाएतका कार्य हुनेछ । कार्यक्रममा नेपाली राजदुताबास र्इजरायलका राजदुत अन्जान शाक्य पनि सहभागीहुने अायाेजकले बताएकाे छ । सस्थाकाे निरन्तर प्रयाश सँगै अायाेजक सस्थाहरूसंगकाे छलफलबाट कार्यक्रमकाे उद्धेश्यलार्इ अात्मा साथ गर्दे अाैपचारिक कार्यक्रमकाे शुरूवातमा केहि क्षण उपस्थिती जनाउने झापाली समाज र्इजरायलका महासचिव खेमराज जम्मरकट्टेलले जानकारी दिनु भयाे ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम