नेपाल एयरलाइन्सको चिनिया जहाजले फाप्लु, रुम्जाटार विमानस्थलमा सफल परीक्षण उडान गरे

15

२८ साउन २०७६/सोलुखुम्बु समाचार – नेपाल एयरलाइन्सको चिनिया जहाजले फाप्लु विमानस्थलमा परीक्षण उडान गरेको छ । एयरलाइन्सले आज मंगलबार विहान फाप्लु बिमानस्थलसँगै ओखलढुंगाको रुम्जाटार बिमानस्थलमा समेत सफल परीक्षण उडान गरेको हो ।

१४ यात्रु क्षमता भएको उक्त चिनिया जहाज Y12E २०७१ सालमा नेपाल भित्रिएको थियो । चिनिया जहाजले फाप्लु, रुम्जाटारको साथमा भोजपुर, ताप्लेजुङ परीक्षण उडान गरेको निगमका अपरेशन डाईरेक्टर एवं क्याप्टेन दिपुराज ज्वारचनले जानाकारी दिए ।

हाल सो जहाजले सुदुरपश्चिमका जिल्लाहरुमा उडान भर्दै आएको निगमले जनाएको छ । विशेष गरी उक्त विमान छोटो धावन मार्ग भएका विमानस्थलहरुमा उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ । Photo – Bj Lukla

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम