१९ वर्षीया किशोरी परिवारलाई भेट्न

16

लण्डन : गत साता क्याम्ब्रिज विश्वविद्यालयकी १९ वर्षीया एक विद्यार्थीको मृत्यु भयो । उडेकको केही मिनेटमै उनको मृत्यु रहस्यमय भनिए पनि डरलाग्दो यथार्थ बल्ल बाहिर आएको छ ।

अलाना कट्ल्याण्डन नाम गरेकी १९ वर्षीया किशोरी परिवारलाई भेट्न भन्दै मदगस्कर उडेकी थिइन् । यात्रामा उनी साथीसँग रहेको बताइएको छ । जहाज ३ हजार ७ सय फिट माथि आकाशमा पुगेपछि उनी आफूछेउकै झ्याल खोलेर हाम फालेको अधिकारीहरुले बताएका छन् ।

अनुसन्धानको क्रममा अलाना मानसिक रुपमा विरामी रहेको पत्ता लागेको छ । जहाजमा आपतकालिन अवस्थामा कसरी झ्याल खोल्ने भन्नेबारे संकेत गरिरहेको बेला उनी हाम फालेको बताइन्छ ।

तर २ मिनेटसम्म उनलाई छेउमै रहेका यात्रुले च्यापेर अड्याएका थिए । अलानाको खुट्टामै समातेर २ मिनेटसम्म ‘होल्ड’ गरेको कुरा अन्तर्राष्ट्रिय मिडियाले समाचार बनाएका छन् । अन्ततः उनको ज्यान बचाउन नसकेको बताइएको छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम