‘मलाई केही चाहिँदैन, मेरो नङको बारेमा आफैँ बुझिदिनुस् ।’

38

जनकपुरधाम । मान्छका सोख थरिथरिका हुन्छन् । कसैले आफनो नङलाई हप्तामा दुईतीन पटक काट्ने गर्छन भने कसैलाई नङ्ग पोस्ने शोख हुन्छ । यस्तै छन् जनकपुुरधाम उपमहानगरापलिका १७ बस्ने दिनेश सिंह यादव । उनी आठ वर्षदेखि आफनो नङलाई पोस्दै आएका छन् ।

रामेश्वर यादवका २४ वर्षीय छोरा दिनेश भन्छन्, ‘मैले शुरुमा नङ पोस्ने आफ्नो शौख बुझेँ । तर बिस्तारै–विस्तारै नङप्रति माया नै बस्यो । अब त गिनिज बुकमा हाम्रो नाम आओस् भन्ने लक्ष्य रहेको छ ।’ पाँच वटै औँलामा यत्रो ठूलो नङ राख्दा अप्ठ्यारो हुँदैन भन्ने जिज्ञासा राख्दा उनी भन्छन् ‘शुरु शुरुमा अप्ठ्यारो नभएको होइन, तर अब सबै कार्य गर्छु ।’

उनले अहिलेसम्म नेपालमा यत्रो ठूलो नङ कसैले राखेको छैन । झापामा एकजनाले राखेका छन् । त्यसको पनि दुईवटा ओलामा मात्र रहेको छ । हाम्रो भन्दा सानो नै हो । तर आफू पाँचवटै औँलामा राखेकोले मलाई विश्वास छ, एक न एक दिन मेरो नाम गिनिज बुकमा आउने नै छ ।’

दिनेश यादवले प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत र सांसद रामअशिष यादवलाई नङ देखाउँदै भने ‘मलाई केही चाहिँदैन, मेरो नङको बारेमा आफैँ बुझिदिनुस् ।’

उनले भने, ‘मेरो नङ हेर्न यूएसको टोली एक पटक आइसकेका छन् । फेरी मंसिरमा आउन लागेको छ ।’ मुख्यमन्त्री राउतले पनि गिनिज बुकका लागि के कसो प्रयास गर्न सकिन्छ विश्वास दिलाएका छन् । राजधानी दैनिक

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम