फाप्लु विमानस्थमा देखिएको समस्या समाधानका लागि मेयर शेर्पाकाे पहल

24

सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थमा बर्षातका कारण देखिएको समस्या समाधानका लागि सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले पहल थाल्नुभएको छ । धावनमार्ग भन्दा माथिल्लो भागमा रहेको ग्याविङ वालसहितको सडक भासिएर विमानस्थल पहिरोको जोखिममा परेपछि मेयर शेर्पाले नेपाल नागरिक उड्डयन प्राधिरणको कार्यालय पुगेर समस्या समाधानका लागि पहल गर्नुभएको हो ।

सोमबार प्राधिकरणका महानिर्देशक राजन पोखरेल, उपमानिर्देशक नरेन्द्रबहादुर थापा, ईन्जिनियर रत्नबहादुर श्रेष्ठ, निर्माण कम्पनीका दिनेश रिजाल, ठेकेदार कम्पनीका प्रमुख नवलविक्रम थापा र साइट ठेकेदार बुद्धि मगरसहितको उपस्थितिबीच बैठक गरिएको र सो बैठकबाट विमानस्थलको पुनर्निर्माण गर्ने निर्णय भएको शेर्पाले आफ्नो फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

मेयर शेर्पाले आफ्नो फेसबुकमार्फत दिनुभएको जानकारीनुसार बैठकले एक प्राविधिक टोली विमानस्थल सर्वेक्षणको लागि यही हप्ता फाप्लु पुगेर निम्नानुसारका कार्य अघि बढाउने निर्णयहरु गरेको छ ।

१. पहिरो गएको र भत्केको भाग मर्मत गर्ने ।
२. स्तरोन्नतिको बाँकी काम तोकिएको समयमै सम्पन्न गर्ने ।
३. टावर भवन र टर्मिनल भवन सडक छेउमा रहेकोले पश्चिमतिर सार्ने ।
४. गाडि पार्किङ बनाउने ।
५. दमकल र एम्बुलेन्स छिर्ने मार्ग निर्माण गर्ने ।
६. पुरानो रेडियो इकुइप्मेन्ट परिवर्तन गरी नयाँ आधुनिक रेडियो इकुइप्मेन्ट राख्ने ।
७. प्यासेन्जरहरुका लागि प्रतिक्षालय, शौचालय, खानेपानीको व्यवस्था गर्ने । शिखबर पाेष्टबाट

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम