यसकारण जाडोमा जोर्नीको दुखाइ

43

 

जाडो मौसमको सुरुवातसँगै हाम्रो जीवनशैलीमा परिवर्तन आउने गर्छ । यो समयमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्यासमेत देखा पर्न थाल्छन् । विशेषगरी, वृद्धवृद्धा हाडजोर्नी दुख्ने समस्याबाट पीडित हुने गर्छन् । त्यस्तै, यो समयमा बाथका रोगीलाई बढी समस्या आउने गर्छ ।

 

बच्ने उपाय
-सम्भव भएसम्म सधैँ तातो पानीले नुहाउने गर्नुपर्छ ।
-टामिन सी र डी स्वस्थ हाडजोर्र्नीका लागि बढी उपयोगी हुन्छ । त्यसैले सुन्तला, भुइँकटहर, काउली, ब्रोकाउली, दूध, दही र माछाजस्ता चिज पर्याप्त सेवन गर्नुहोस् ।
-अत्यधिक तौल भएका कारण पनि जोर्नी दुख्ने गर्छ । तसर्थ, तौल घट्ने उपाय अपनाउनुहोस् ।
-फलफूल, हरियो तरकारीजस्ता पदार्थ धेरै मात्रामा सेवन गर्नुहोस् । यसो हुँदा ओस्टियो आर्थाइटिसबाट बच्न सकिन्छ ।
-आर्थाइटिसका कारण जोर्नीमा हुने कार्टिलेजलाई नोक्सान पुग्छ । यो ७० प्रतिशत पानीले बनेको हुन्छ । त्यसैले धेरै पानी पिउनुहोस् ।
-क्याल्सियमयुक्त खाद्यपदार्थ सेवन गर्नुहोस्, जसले हाडजोर्नीलाई बलियो बनाउन मद्दत गर्छ ।
-बिहानको घामबाट भिटामिन डी प्राप्त हुन्छ ।

@Nayapatrika

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम