राति अबेर खाना खाँदाका ७ बेफाइदा

34

 

के तपाईं पनि रातिको खाना अबेर खानुहुन्छ ? अब सोच्नुहोस् ! कालान्तरमा यसले भयानक परिणाम निम्त्याउन सक्छ ।

आजकाल ज्यादै बिजी सेड्युलका कारण मानिसको जीवनशैलीमा समेत बदलाव आइरहेको छ । कतिपय काम मध्यरातिसम्म गर्नुपर्ने बाध्यता पनि छ । आजभोलि मानिसहरू मध्यरातसम्म पनि आफ्नो कम्प्युटर तथा ल्यापटपमा काम गरिरहेका भेटिन्छन् । यसरी अबेरसम्म काम गर्दा डिनर गर्न सधैँ ढिला हुने गर्छ । यसकारण पनि हामीमध्ये धेरै मानिसले स्वस्थ जीवनशैली जिउन पाइरहेका हुँदैनौँ । यसको परिणाम हामी चाँडै रोगी हुन सक्छौँ ।

 

पहिले मानिस तालिकाबद्ध जीवनशैली फलो गर्थे । बिहान चाँडै उठ्थे, साँझ पनि चाँडै सुत्ने गर्थे । साथै, खाने समयसमेत नियमअनुसार हुन्थ्यो । यसैकारणले उनीहरू स्वस्थ जीवन जिउँथे । स्वस्थ जीवनका लागि सही समयमा भोजन गर्नुका साथै वेलैमा सुत्नु र चाँडै उठ्ने गर्नुपर्छ भन्ने आयुर्वेदमा समेत लेखिएको छ । तर, आजकालका मानिस रातिको खाना ढिलो खान्छन्, जसले गर्दा सुत्ने समय प्रभावित हुने गर्छ । यदि, तपाईं पनि राति अबेर डिनर गर्नुहुन्छ भने सोच्नुहोस् । राति अबेर खाना खाँदा यी बेफाइदा हुन सक्छन् :

१.तौल बढ्ने
राति अबेर खाना खाएपछि त्यो पच्नमै समस्या हुन्छ । जसकारण कोलेस्ट्रोल बढ्नुका साथै मनोरोग लाग्ने खतरासमेत उत्तिकै हुन्छ । अत्यधिक मोटोपन बढ्नुमा पनि राति अबेर खाना खानुलाई प्रमुख मानिएको छ ।
२.तनाव
तपाईंलाई ढिलो खाना खाने बानी बस्यो भने यसले निद्रामा गडबडीजस्ता समस्यासमेत देखा पर्न सक्छ । भोलिपल्ट बिहानदेखि दिउँसोसम्म थकान महसुस हुन्छ । यसले तनाव उत्पन्न गर्दछ ।
३.उच्च रक्तचाप
खाना खाएपछि यदि तपाईंले केही काम गर्नुहुन्न भने खानेकुरा पच्दैन । यसले उक्त रक्तचापको समस्यासमेत देखा पर्छ ।
४.मधुमेह
खाना खाइसकेपछि प्रायः मानिस गुलियो खान मन गर्छन् । यस्तो बानीले ब्लडसुगरको लेभल बढ्न सुरु गर्छ । अन्ततः यो मधुमेह (डाइबिटिज)को कारण बन्न सक्छ ।
५.अपच
यदि, तपाईंमा अपचको समस्या छ भने राति ढिलो खाना खाने बानी गर्नाले झनै कठिनाइ देखा पर्छ । यसले तपाईंको रोग थप जटिल बनाउँछ ।
६.चिडचिडापन
राति अबेर खाना खाएर ढिलो गरी सुत्दा तपाईंको दैनिकीमा समेत असर गरिहेको हुन्छ । तपाईंको पूरै निद्रा कहिल्यै पुग्न पाउँदैन । यस्तो लामो सयय भएका दिमागमा पनि असर गर्छ । अनि, तपाईंमा चिडचिडापन आउने समस्या हुन्छ ।
७.अनिद्रा
लामो समयसम्म राति अबेर खाना खाएमा खाएको कुरा आन्द्रामा आउन (अड्किन) सुरु गर्छ । यसले बेचैनी तथा गडबडी पैदा गर्छ ।

#Nayapatrika

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम