कूटनीतिक योगदानका कारण अञ्‍जानलाई राजदूतको जिम्मेवारी: बालुवाटार

30

काठमाडौँ: इजरायलका राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर सरकारले डा. अञ्‍जान शाक्यलाई पठाउने निर्णयले अहिले चर्चा पाइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेर काम गरिरहेकी शाक्यलाई सरकारले इजरायलका लागि राजदूत सिफारिस गरेपछि ‘साली’ नाता पर्नेलाई नियुक्त गरेको भन्दै आलोचना भइरहेको छ। केपी ओलीसँग निकट र उनलाई ‘बुवा’ भनेर बोलाउने अञ्‍जानको थर शाक्य भए पनि उनको प्रधानमन्त्रीसँग पारिवारिक सम्बन्ध नरहेको नेकपाका एक नेताले देश सञ्चारलाई बताए।

बालुवाटारले कुटनीतिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा अञ्‍जानलाई जिम्मेवारी दिन लागिएकाले आलोचनाको अर्थ नरहेको दाबी गरेको छ। यद्यपि प्रधानमन्त्री निकट भएकै कारण उनले राजदूतको जिम्मेवारी पाउन लागेको भन्दै सामाजिक सञ्जालमा यो निर्णयको आलोचना भइरहेको छ।

कमल थापा परराष्ट्रमन्त्री भएका बेला राजदूतमा नियुक्त भएका पञ्चायतकालीन मन्त्री थापालाई फिर्ता गर्ने निर्णयप्रति राप्रपाले आपत्ति जनाएको छ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा शाक्य औपचारिक रुपमा राजदूत नियुक्त हुनेछिन्।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम