किशोरी बलात्कार र हत्या प्रकरण : निलम्बित एसपी विष्टको डीएनए परिक्षणका लागि नमुना संकलन

97

काठमाडौँ — १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुशन्धानमा हेलचेक्र्याइँ गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टकै डीएनए परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका छन् ।

 

मृतकको योनीबाट लिइएको ‘स्वाब’को डीएनए परिक्षणमा भेटीएको पुरुषको डीएनए अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको २ दिनपछि निलम्बित एसपी विष्टको डीएनए परिक्षण गर्न लागिएको हो।

डा। वस्तीले भने, ‘मैले आज बिहान डीएनए परिक्षणका लागि निलम्बित एसपी विष्टबाट नमुना संकलन गरेर प्रहरीलाई बुझाएको छु।’

थप विवरण आउन बाँकी। कानतिपुर

काठमाडौं- प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज बिष्टको डीएनए परीक्षण सुरु गरेको छ। बिष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष विष्टको पनि डीएनए परिक्षण सुरु भएको छ।

एसपी विष्ट कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख हुन्। गत साउन ११ गते कन्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीय किशोरी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव उखुबारीमा भेटिएको थियो।

प्रहरीले करिब एक महिना लगाएर गरेको अनुसन्धानपछि दिलिपसिंह विष्टलाई अभियुक्त बनाएर उभ्याएपनि स्थानीयले एसपी विष्ट र उनका नातेदारमाथि नै शंका गरेका थिए। डीएनए परिक्षणमा निर्दोष ठहर भएपछि दिलिपसिंह सरकारी वकिल कार्यालयको सहमतिमा जिम्मा जमानीमा छुटिसकेका छन्।

निर्मला स्थानीय रोशनी बमको घरमा गाइड बुक लिन गए पनि साँझबाट बेपत्ता भएकी थिइन्। रोशनी र उनकी दिदीमात्र बस्ने घरमा एसपी बिष्टको आउजाउ रहने गरेको स्थानीयले बताउँदै आएका छन्। दुवै दिदी बहिनीपनि सरकारी वकिल कार्यालयको सहमतिमा जिम्मा जमानीमा छुटिसकेका छन्।

नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती सहितको टोलीले उनीहरु तीन जनाको डीएनए परिक्षण गरिरहेको छ। यी तीनजनाको रगत नमूना लिएर परीक्षणका लागि पठाइसकिएको छ। निर्मलाको सुरुवालमा लागेको विर्यका आधारमा तयार पारिएको डिएनए प्रोफाइलसँग उनीहरुको डीएनए प्रोफाइल जुधाएर हेरिनेछ जसले घटनामा उनीहरुको संलग्नता वा असंग्लनता थाहा लाग्नेछ। देशसञ्चार

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम