खेतमा रोप्ने धानको बिऊ नेताको गलामा रोपेपछि कहिले फल्छ खै ?

64

मोरङ । शुक्रबार अर्थात असार १५ गते मोरङको बिभिन्न गाँउपालिका र नगरपालिकामा धान दिबस भब्यताका साथ मनाईयो । बिभिन्न स्थानमा मनाईने धान दिबसमा उपस्थित हुन् पत्र पनि प्राप्त भएको थियो । तर धान दिबसका निम्तामा पुगिनसक्दै सामाजिक सञ्जालमा धान दिबसमा नेता देखि स्थानीय नगर प्रमुख,उपप्रमुख,वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुले खेतमा रोप्ने धानको बिऊ गलामा माला लगाएका तस्विरहरु सार्बजनिक भएपछि कार्यक्रममा उपस्थित हुनुभन्दा नहुनु बेश झै लाग्यो । मानो खाएर मुरी उब्जाउने असार १५ मा किसानका खेतमा पुगेर नेता र स्थानीय जनप्रतिनिधिहरुले देखाएको हर्कतले लोकलाई नै लज्जित बनायो ।

मोरङको पथरीशनिश्चरेमा आयोजित एक धान बिदस कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद भानुभक्त ढकाल सहित,नगरका प्रमुख,उपप्रमुख र वडाध्यक्षहरुले धानको बिउ काटेर गलामा माला लगाएपछि रोपाई कार्यक्रममा उपस्थित कृषकहरुले कानेखुसी गरे,यो गलामा रोपिएको धानको बिऊ चाँहि कहिले फल्छ होला ? कृषिप्रधान देशमा आधुनिक कृषि प्रणाली,उन्नत जातको बिउ बिजन र कृषिमा कसरी आधुनिकिकरण गर्न सकिन्छ भन्ने बारेमा नेताले बोल्लान भनेर पुगेका किसानहरु मन्त्री र जनप्रतिनिधिहरुको रमिता हेरेर फर्किन बाध्य भए ।

हाफ पईन्ट लगाएर कार्यक्रममा उपस्थित ढकाललाई देख्दा शुरुमा किसानहरुले साँच्चै उनी रोपाई गर्न आएको सम्झिए तर उनी त हिलोमा खुटट मात्र राख्ेर फोटो खिच्न पो यसो गरेको भेउ पाएपछि किसानहरुले ढिलो भएपनि उनको कुटिल राजनीति बुझे । कहिल्यै हिलोमा नपसेका र खेती नगरेका नेता र स्थानीय जनप्रतिनिधिको यो रमितालाई … लाई भन्दा देख्नेलाई लाज भनेजस्तै बनाएको छ ।
हलो जुवा,हल गोरु,जोतारो,अनऊ,बाउसे,रोपाहार जस्ता शब्दको समेत सामान्य ज्ञान नभएका मानिसहरु नेता र जनप्रतिनिधिका रुपमा धान दिबस मनाउन पुग्दा लोक लजाउनु पर्ने बाध्यता भएको छ । अर्कोतर्फ खेतमा रोपिने बिऊ काटेर मालाको रुपमा प्रयोग गरिँदा असली कृषकहरुको अपमान भएको छ । के बिऊलाई मालाको रुपमा प्रयोग गरिन्छ ? स्थानीय कृषकहरु अनुरोध गर्छन,नेता र जनप्रतिनिधि ज्यू,आगामी दिनमा यस्तो लोक हसाउने काम कहिले नगर्नुहोला । नेपाल ८५ प्रतिशत कृषि प्रधान देश हो । तरपनि अझै कृषकहरुले कृषिमा आत्मनिर्भर हुने अबस्था आएको छैन ।पुर्वेलीन्युज

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम