युवतीहरुलाई किन भनियो पेन्टीभित्र चम्चा लुकाउन ?

80

युरोपेली मुलुक स्विडेनको एक सहरका किशोरी तथा युवतीहरुलाई आफ्ना भित्री वस्त्रमा चम्चा लुकाएर राख्न सुझाव दिइएको छ ।

स्विडेनको गुटेनबर्ग सहरमा छोरीहरुलाई यस्तो अनौठो तथा रोचक सुझाव दिइनुको कारण निकै अनौठो छ ।

उक्त सहरका युवतीहरुलाई उनीहरुका अभिभावकहरुले जबरजस्ती बिहे तथा योनीच्छेदनका लागि गुपचुप अन्य देशहरुमा लग्ने गरेका छन् ।

सोही कारण खासगरी किशोरी तथा युवतीहरुलाई आफ्नो भित्री वस्त्रभित्र धातुको चम्चा लुकाउन भनिएको छ । ता की एयरपोर्टमा चेकिंगका बेला उनीहरुलाई मेटल डिटेक्टरले पक्रियोस् । त्यसपछि उनीहरुलाई सुरक्षा अधिकारीहरुले थप चेकजाँचका लागि एउटा गोप्य कोठामा लग्नेछन् । उक्त गोप्य कोठामा ती युवती तथा किशोरीहरुले अधिकारीहरुसँग आफुलाई जबरजस्ती देश बाहिर लैजान लागिएको खुलासा गर्न सक्नेछन् । यो पूरै कारवाहीका लागि गुटेनबर्ग एयरपोर्टका अधिकारीहरुलाई पनि विशेष निर्देशन दिइएको छ ।

महिला हिंसाको विरुद्धमा काम गर्ने एक अधिकारकर्मीले एयरपोर्टका अधिकारीहरुसँग विशेष कुराकानी गरेका छन् । गुटेनबर्ग सहरका किशोरी तथा युवतीहरुलाई जबरजस्ती देशबाहिर लैजानबाट जोगिने यो अन्तिम विकल्प भएको अधिकारकर्मी बताउँछन् ।

स्विडेनमा गुटेनबर्ग लगायतका अन्य सहरमा पनि महिलामाथि यस्ता खाले हिंसाका घटना देखिने गरेका छन् । यस्ता सबै सहरका किशोरी तथा युवतीहरुलाई भित्री वस्त्रमा चम्चा राख्न सुझाव दिइनुका साथै एयरपोर्टहरुलाई यस विषयमा सतर्कता अपनाउन निर्देशन दिइनेछ ।

स्मरण रहोस् बेलायतमा पनि यस्तै तरिकाको अबलम्बन गरिएको थियो ।

एजेन्सीको सहयोगमा

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम