यी हिरोइन, जसले एक दिनमा कमाउँछिन् डेढ लाख भन्दा बढी

37

एजेन्सी । बलिउड हिरोइनहरुको कमाई लोभलाग्दो हुनेगर्छ । एउटा फिल्मबाट उनीहरु करोडौं पारिश्रमिक बुझ्ने गर्छन् । तर फिल्मको पारिश्रमिक मात्र होइन उनीहरु विभिन्न कम्पनी तथा ब्रान्डको एम्बासडर भएर पनि करोडौं कमाउने गर्छन् ।

फिल्ममेकर महेश भट्टकी छोरी आलिया भट्टले विभिन्न कम्पनी तथा उत्पादनको ब्रान्ड एम्बासडर भएरै दिनमा डेढ लाख रुपैयाँ भन्दा बढी कमाई गर्छिन् । उनले कोका कोला, स्ट्यान्र्डै फ्यान, फिलिप्स, गार्नियर, मेक माई ट्रिप, फ्रुटी जस्ता ब्रान्डको विज्ञापन गरेकी छिन् ।

आलियाले एउटा फिल्ममा अभिनय गरे बापत भारु चार करोड पारिश्रमिक लिने गरेकी छिन् । उनको कुल सम्पति चार मिलियन डलर बराबरको छ । उनले करिब ६ करोड रुपैयाँ पर्सनल इन्भेस्टमेन्ट पनि गरेकी छिन् ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम