कांंग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्य समितिको बैठक बाेलायाे

47

काठमाडौं । नेपाली कांंग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी नेतृत्वलाई महासमितिको भेला राख्न दबाब परिरहेकै बेला शुक्रबार केन्द्रीय समितिको बैठक ढाकिएको हो ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने मुख्य सचिव कृष्ण पौडेलले जानकारी गराए ।

शुक्रबारको बैठकमा पार्टी नेतृत्वलाई केन्द्रीय सदस्यहरुले महासमिति भेला बोलाउन दबाब दिने संभावना छ ।

मुलुक संघीयतामा गएपनि कांग्रेसको संगठन सरचना भने पुरानै अवस्थामा छ । संगठनको संरचना परिर्वतन गर्ने अधिकार महाधिवेशन वा महासमिति बैठकलाई मात्र छ ।

तत्कालै महाधिवेशन हुने अवस्था छैन । त्यही कारण अधिकाँश नेताहरुले महासमिति बैठक तत्कालै बोलाउन माग गर्दै आएका छन् ।

महासमिति बैठकलाई नेतृत्व फेर्न सक्ने अधिकार समेत छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वचनमा सर्वत्र पराजय व्यहार्नु परेपछि सभापति शेरबहादुर देउवाको आलोचना हुँदै आएको छ ।

महासमितिलाई नेतृत्व फर्ने अधिकार भएको र निर्वाचनकै कारण आफ्नो आलोचना भइरहेका्े कारणले सभापति देउवा महासमिति भेला राख्न डराइहेको एब नेताले जनता समाचरलाई बताए ।

यसैबीच कांग्रेसले प्रदेश ३ को संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँलाई चयन गरेको छ । बाँनिया सर्वसम्मत दलको नेता भएका हुन् । जनता समाचारबाट

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम